५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

उपनिर्वाचनको तयारी पूरा, उम्मेदवारको मनोनयन र मतदान समय तोकियो

उपनिर्वाचनको तयारी पूरा, उम्मेदवारको मनोनयन र मतदान समय तोकियो
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको तयारी पूरा भएको र बिहीबारबाट कार्यान्वयनको चरणमा जाने बताए । ‘आयोगले उपनिर्वाचनको तयारी सकेको छ, अब निर्वाचनको कार्यान्वयनको क्रममा आयोग अगाडि बढ्यो,’ प्रमुख आयुक्त थपलियाले भने ।

प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन हेर्दा सामान्य र सानोजस्तो देखिए पनि राजनीतिक अर्थ र महत्व बोकेको निर्वाचनको महत्व भने व्यापक रहेको भन्दै खर्चका हिसाबले समेत उपनिर्वाचन महँगो हुने बताए । ‘उपनिर्वाचन हेर्दा सानो जस्तो छ, मतदाता पनि थोरै छन् तर यसको महत्व राजनीतिक हिसाबले ठूलो छ, खर्चका हिसाबले पनि उपनिर्वाचन महँगो पर्ने देखिन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलनमा भने । उनले उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिबद्ध रहेको समेत बताए ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुनेछ । निर्वाचनमा ३७ जिल्लामा गरी कुल ४ लाख ५४ हजार ११४ जना मतदाता कायम गरिएको र उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम ५ देखि ११ मंसिरसम्म सञ्चालन हुनेछ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको बिहीबार (आज) बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको तयारी छ । स्थानीय तहका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म हुनेछ ।

उपनिर्वाचनका लागि १४ मंसिरमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन भन्दै आयोगले ८ मंसिरबाटै आचारसंहिता लागू गरिसकेको छ । राजधानी दैनिकबाट