७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ



अ+ अ-

लहान । अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

अङ्गभङ्ग मुद्दामा यादवलाई जिल्ला अदालतबाट छ महिना कैद तथा रु पाँच हजार २०० जरिवाना तोकिएको थियो ।