७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारको मनोनयनपूर्व र्याली



अ+ अ-

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारको मनोनयनपूर्व दलहरुले पोखराका ठाउँठाउँबाट र्याली निकालेका छन् ।

घोषित निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएकोमा त्यसको तयारीमा दल जुटेका हुन् । उम्मेदवारी दर्ता गर्न जानका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पोखराको शान्ति वनस्थित जिल्ला पार्टी कार्यालयबाट जुलुससहितको र्याली निकालेको छ ।

त्यस्तै नेपाली काङ्ग्रेसले पोखरा सभागृहबाट सांस्कृतिक झाँकीसहित र्याली निकालेको छ भने समाजवादी पार्टीको र्याली पनि पोखरा सभागृहबाट शुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीचोकबाट र्याली निकालेको छ । र्यालीमा दलका केन्द्र एवं जिल्लास्तरका नेता सहभागी छन् । पोखरा महानगरपालिकाअन्तर्गत ११ वटा वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । निर्वाचनका लागि ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ ।