७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय बीउ उत्पादनमा जोड



अ+ अ-

काठमाडौँ । पौष्टिक गुणस्तरीय खाद्य तथा बीउ उत्पादनका क्षेत्रमा एकआपसका ज्ञान आदानप्रदान गर्न क्षेत्रीय बैठक शुरु भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको संयोजनमा नेपालमा पहिलोपटक आयोजत सो दुईदिने बैठकमा नेपालसहित नेदल्याण्ड, भारत, भियतनाम, बङ्गलादेश, भूटानको सहभागिता रहेको छ ।

बैठकमा वातावरणलाई असर नपुर्याइ बीउको विविध क्षेत्रमा दिगो विकास विषयमा पनि सहभागी देशले गरिरहेका प्रयासका बारेमा कार्यपत्र एवं आगामी रणनीति तय गरिने जनाइएको छ । साथै बीउ उद्योगका अवस्था तथा बीउ उत्पादन गर्ने कृषकका क्षमता विकासका विषयमा पनि बैठकका कार्यसूची रहेका छन् ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले बैठकको शुभारम्भ गर्दै खाद्य सुरक्षा बढाउँदै भोकमरी अन्त्य गरी दिगो विकासका लक्ष्य पूरा गर्न मन्त्रालयले नीति बनाई लागू गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय जातको बीउ लोप हुन नदिन र आयातित बीउको जथाभावी प्रयोग हुन नदिन सरकार सचेत रहेको छ । स्तरीय बीउमा कृषकको पहुँच बढाउन सामूहिक प्रयास गर्नुपर्छ ।”

आयोजक संस्थाका अध्यक्ष खेमबहादुर पाठकले राम्रो बीउको अभावले कृषकले समस्या व्यहोर्नु परिरहेको चर्चा गर्दै स्तरीय बीउ उत्पादनमा सरकारी लगानी बढाउनुपर्छ भन्नुभयो । बैठकको उद्घाटनसत्रमा नेदल्याण्डका विज्ञद्वय इगो फरोगान र एल्स फान डेलले कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय बीउमा लगानी बढाउन सुझाव दिनुभयो ।