७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार सार्वजनिक बिदा



अ+ अ-

काठमाडौं । बूढानीकलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते शुक्रबार परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताउनुभयो ।

नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी ९तुलसी विवाह० का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वको रुपमा सो दिन सार्वजनिक बिदा दिने भएको प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ । उक्त दिन नगरपालिका अन्तर्गत रहेका नगरपालिका– वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ ।

बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न जाने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गर्दछ ।