७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ प्रतिशत पर्यटक बढे



अ+ अ-

काठमाडौं । सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा ३३ दशमलव ३३ प्रतिशतले बढी हो । सेप्टेम्बर महिनामा १८ हजार ३५१ पर्यटकले सो प्रदेश भ्रमण गरेका थिए ।

अक्टोबर पर्यटकीय आगमनका हिसाबले व्यस्त मौसम भएकाले अघिल्लो महिनाको तुलनामा अक्टोबरमा पर्यटकको सङ्ख्या वद्धि भएको बोर्डले जनाएको छ ।

पर्यटक आगमनको प्रवृत्ति हेर्दा अक्टोबर महिनामा लगभग ५६ प्रतिशत पोखरा विमानस्थलबाट, ३८ प्रतिशत पृथ्वी राजमार्ग भएर गएका छन् । यसरी नै गण्डकी प्रदेश भित्रिने पर्यटकमा तेस्रो मुलुकका पर्यटकको हिस्सा ७२ दशमलव दुई प्रतिशतले बढी छ ।

उक्त अवधिमा १७ हजार ७६२ र भारतबाट छ हजार ७१५ पर्यटक तेस्रो मुलुकबाट आएका छन् । प्रदेशकोे पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीले सङ्कलन गरेको अन्तर्राष्ट्रिय पर्यटकको तथ्याङ्क हो ।