१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राेहित शर्माकाे धुँवाधार ब्याटिङ, बंगलादेश ८ विकेटले पराजित



अ+ अ-

काठमाडाैंः भारतकाे राजकाेटमा सम्पन्न दाेस्राे टी२० क्रिकेट प्रतियाेगितामा राेहित शर्माकाे धुँवाधार ब्याटिङ मद्दतले भारतले बंगलादेशलाइ ८ विकेटले पराजित गरेकाे छ ।

भारतका लागि कप्तानी पनि गरिरहेका शर्माले ६ छक्का र ६ चाैकाकाे मद्दतले ४३ बलमा व्यक्तिगत ८५ रन बनाएका थिए । उनी बंगलादेशी बलर अमिनुल इस्लामकाे बलमा क्याचआउट भएका थिए । अर्का प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले ३१ रन बनाएका थिए ।

केएल राहुलले ८ रन र एसएस ऐयरले २४ रन बनाएका थिए । भारतले निर्धारित १५४ काे लक्ष १५.२ ओभरमा पूरा गरेकाे थियाे ।

बंगलादेशका बलर अमिनुल इस्लाम मात्र सफल भएका थिए, र उनले भारतकाे २ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे बंगलादेशले ६ विकेटकाे क्षतिमा १५३ रनकाे मध्यम स्काेर खडा गरेकाे थियाे । बंगलादेशका लागि लिटन दासले २९, माेहम्मद नाइमले ३६, साैम्य सर्कारले ३० र महमदुल्लाहले ३० रन बनाएका थिए ।

याे जितसँगै तीन म्याचकाे टी२० शृंखला १-१ काे बराबरीमा पुगेकाे छ । तेस्राे तथा अन्तिम स्पर्धा यही आइतबार नागपुरमा हुँदैछ ।

एजेन्सीकाे सहयाेगमा