७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सीमान्तकृत वर्गमा न्यायको पहुँच वृद्धि सरकारको प्राथमिकतामा’



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरूपमा विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोगलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

विश्व बैंक समूहले संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको कानुन, न्याय तथा विकास विषयको साप्ताहिक कार्यक्रममा सहभागी हुने सिलसिलामा त्यहाँ रहेका मन्त्री ढकालले उक्त बैंकका कानूनी मामिला हेर्ने वरिष्ठ उपाध्यक्ष स्याण्डी ओकोरोसँगको भेटमा नेपाल सरकारले हालै निर्माण गरेका मौलिक हक तथा सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानूनहरूको कार्यान्वयनमा सहयोग बढाउन आग्रह गरेका थिए ।

वासिङ्टनडिसीस्थित नेपाली दूतावासका अनुसार उपाध्यक्ष ओकोरोले आगामी वर्ष आफूले नेपालको भ्रमण गर्ने र नेपाल सरकारले कानून र न्यायको क्षेत्रमा निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए । भेटमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्याल सहभागी थिए ।