२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैदलयात्रीको मृत्यु



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना३६प ९३२४ नंको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । पैदलयात्रीलाई ठक्कर दिने स्कुटरका चालक पनि घाइते भएका छन् । घाइते हुनेमा गैँडाकोट नगरपालिका–१० भेडावारी बस्ने २३ वर्षीय जनक कँडेल रहेको र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।