८ असार २०८३, सोमबार
,
Latest
चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको केरला पुगेर के भने डा.महतले ?



अ+ अ-

केरला, भारत । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्टमन्त्री डा.प्रकाशशरण महतले दक्षिण एसियाली नागरिकहरु एक विशिष्ठ भौगोलिक पहिचानका भएकोले यस क्षेत्रका सबै मुलुकहरूबीच आपसी सम्बन्धलाई थप नजिक बनउनुपर्नेमा जोड दिएका छन् । उनले भने- आपसी सम्झदारी,भाइचारा,समानता र सहिष्णुता बढाएर दक्षिण एसियाली क्षेत्रका सबै देश र जनता बिचको दुरीलाई कम गर्नुपर्दछ ।

शुक्रबार भारतको केरलामा सुरु भएको साउथ एसियन फ्राटर्निटी, साफको २९ औँ सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा महतले यस क्षेत्रका विभिन्न देशमा बस्ने नागरिकहरुले एक अर्काको धर्म सँस्कृती र रितिरिवाजलाई सम्मान गर्दै फरक समुदायका बिचमा पनि समानता खोज्नुपर्नेमा जोड दिएका छन् ।

सहमहामन्त्री डा.महतले गौतम बुद्धको जन्मस्थल नेपालमा विभिन्न जातजाति, धर्म, भाषा र विविध सम्प्रदायहरु रहेको उल्लेख गर्दै यस अवस्थालाई आपसी भाइचाराको एक अनुपम उदाहरणको रुपमा लिनुपर्ने बताए । नेपालमा हिन्दु,बौद्ध,इसाई,मुस्लिम लगायतका विभिन्न धर्म र सम्प्रदायका नागरिकहरु रहेको र यसबीचको सहिष्णुता सबैका लागि एक अनुकरणीय उदाहरण हो उनको धारणा थियो ।

उनले एउटा समुदायले अर्को समुदायलाई र एउटा धर्मले अर्को धर्मलाई सम्मान गरेर मात्रै विश्वमा शान्ति प्राप्तहुने जिकिर गरे । साफको सम्मेलनको अध्यक्षता भारतका प्रसिद्ध चिन्तक श्री सत्य पालले गरेका थिए भने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान लगायतका मुलुकबाट १५० जना प्रतिनिधिले भाग लिएका छन् ।

उक्त सम्मेलन भाइचाराको निर्माण गर्न र दक्षिण एसियाली क्षेत्रका सबै देशका नागरिकमा सुमधुर सम्बन्धको विकास गर्न केन्द्रित थियो । ‘पर्खाल भत्काउँ पुल बनाउँ’ नारा दिइएको सो सम्मेलनमा डा.महतले त्यहाँ उपस्थित सबैलाई दक्षिण एसियाका सबै देशका नागरिकहरुले आपसी साझेदारी र भाइचाराका माध्यमबाट भाइचारा र समानताको सम्बन्ध विकास गर्न सकिने सुझाव दिएका थिए ।