२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा चेल्सीको प्रभावशाली प्रदर्शन, प्यालेस २-० ले पराजित



अ+ अ-

काठमाडौंः प्रिमियर लिगमा चेल्सीले पछिल्लो समय प्रभावशाली खेल कौशल प्रदर्शन गर्न थालेको छ । शनिबारको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-० ले हराएर छैटौं जित हात पारेको छ । २०१६-१७ को उपाधि जितेको सिजनपछि पहिलो पटक लगातार छैटौं जित हात पारेको चेल्सी लिगको दोस्रो सथानमा उक्लिएको छ ।

घरेलु मैदान स्ट्याफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ भने बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै टमी अब्राहमले गोल गरे । ७९ औं मिनेटमा अमेरिकी खेलाडी क्रिस्टियन पुलिसिकले गोल गरेपछि चेल्सीको जित पक्का भएको थियो ।

Image

जितसँगै चेल्सीको १२ खेलबाट २६ अंक भएको छ र म्यानचेष्टर सिटीलाई उछिनेको छ । यद्यपि २५ अंक जोडेको उसले एक खेल कम खेलेको छ ।

एजेन्सीकाे सहयाेगमा