५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

टनकपुरको ३६ एकड नेपाली भूमि अझै भारतीय कब्जामै

टनकपुरको ३६ एकड नेपाली भूमि अझै भारतीय कब्जामै
अ+ अ-

महेन्द्रनगर । टनकपुर बाँधको १४.५७ हेक्टर (३६ एकड) नेपाली भूमि भारतीय कब्जामा छ। भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो। सन् १९१० मा बाढीले बाँध बगाएपछि भारत सरकारले राणा सरकारलाई बाँध निर्माण गर्न जग्गा उपलब्ध गराउन पत्र पठायो। भारतीय आग्रहपछि राणा सरकारले कञ्चनपुरको ब्रह्मदेवसहित दोधारा–चाँदनीको १२०९ हेक्टर (२९८८ एकड) जग्गा दिएको थियो।

सीमाबारे जानकार ऋषिराज लुम्साली भन्छन्, ‘भारतमा निर्मित अहिलेको शारदा नहर त्यतिबेला नेपाली भूमिमा थियो।’ ब्रह्मदेवसहित दोधारा–चाँदनीको सट्टाभर्नाबापतको जग्गा भारतले बर्दियामा दिएको भने पनि टनकपुरमा पाउनुपर्ने १४.५७ हेक्टर फिर्ता नदिएको लुम्साली बताउँछन्। ‘नेपालले पनि वैधानिक हिसाबले त्यो जग्गा फिर्ता लिन सकेको छैन’, लुम्साली भन्छन्, ‘सरकारले ताकेता नगरेसम्म जग्गा फिर्ता गर्न भारत तयार हुनेछैन।’

कञ्चनपुरको ब्रह्मदेवमा नेपालकोे २.९ हेक्टर जमिनमा भारतको टनकपुर जलविद्युत् आयोजनाको जलाशय छ। २०४८ जेठ १३ गते प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला र तत्कालीन भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच टनकपुर सम्झौता भएको थियो। सम्झौताअनुसार टनकपुर बाँधका लागि भारतलाई नेपालले २.९ हेक्टर भूभाग उपलब्ध गराएको थियो। टनकपुरको जग्गाबापत २ मेगावाट विद्युत् नेपालले पाउने टनकपुर सम्झौतामा उल्लेख रहेको लुम्सालीले बताए। तर कोइरालाले टनकपुर आयोजनामा समान हकको साटो राष्ट्रघाती सम्झौता गरेको भन्दै उनको विरोध भएको थियो।

त्यसपछि २०५२ सालमा टनकपुर सम्झौतालाई एकीकृत महाकाली सन्धिसँगै मिसाएर वैधता दिइएको लुम्सालीले जानकारी दिए। महाकाली नदीको एकीकृत विकाससम्बन्धी गरिएको उक्त सन्धिको धारा (२ं) को उपधारा २ ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउने पानी प्रवाह गर्न हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ। यस्तै, भीमदत्त नगरपालिका–१ भाषीदेखि १२ सय मिटर नेपाल–भारत जोड्ने टनकपुर लिंकरोड पनि भारतीय लगानीमै निर्माण गर्ने उल्लेख छ।

तर हालसम्म न लिंकरोड बनेको छ न नेपालले पाउनुपर्ने जग्गा उपलब्ध गराइएको छ। भारतीय पक्षले केही दिनअघि नेपाली सीमासम्म नहर निर्माण गर्न सीमांकन गरेको छ। नेपालले दसगजासम्म सडक निर्माण गरिसकेको छ। भारतीय पक्षले आफ्नो भागको परेको सडक निर्माण नगर्दा लिंकरोड दसगजा पुगेर रोकिएको छ। नेकपाका कञ्चनपुर जिल्ला सचिव तथा प्रदेशसभा सदस्य तारा लामा तामाङले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा टनकपुरमा राष्ट्रघाती सम्झौता भएको आरोप लगाए।

स्थानीयका अनुसार टनकपुर सन्धिबाहेक अन्य क्षेत्रमा पनि भारतले सीमा मिच्दै आएको छ। कञ्चनपुरको उत्तरतर्फ पर्ने टनकपुर बाँधछेउको नेपाली भूमिमा भारतले एकलौटी सडक निर्माण गरेको छ। भीमदत्त नगरपालिका–९ ब्रह्देव बजार छुनेगरी भारतीय पक्षले सडक विस्तार सुरु गरेको हो। भारतीय पक्षले ब्रह्मदेव बजारसम्म आफ्नै भूमि भएको दाबी गर्दैै आएको छ।

टनकपुर बाँध निर्माण गर्दा ३ नम्बर पिलर हराएको थियो। अहिले उक्त पिलर नदीको बीचमा रहेको स्थानीय बताउँछन्। बाँध निर्माण सुरुदेखि नै टनकपुरमा विवाद छ। गत वर्ष भीमदत्त नगरपालिकाले नेपालकै भूमिमा सडक निर्माण गर्न खोज्दा भारतीय एसएसबीले रोकेको थियो। उक्त सडक अहिले सम्म निर्माण भएको छैन। अन्नपुर्णपोष्ट दैनिकबाट