७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली क्यापिटल्सद्वारा कोलकाता ४० रनले पराजित



अ+ अ-

काठमाडौँ। दिल्ली क्यापिटल्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दिल्लीले कोलकोतालाई ४० रनले पराजित गरेको हो । दिल्लीले दिएको २०४ रनको लक्ष्य पछाएको कोलकोताले १८.४ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान अजिख्य रहानेले सर्बाधिक ६३ रन बनाए भने रोभमन पावेलले २९म मनिष पाण्डेले २५ र फिन एलेनले २० रन बनाए । त्यस्तै दिल्लीका बलर लुंगी एनगीडी र कुलदीप यादवले ३-३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै २०३ रन बनाएको थियो । दिल्लीका लागि केएल राहुलले सर्बाधिक ६० रन बनाए भने कप्तान अक्सर पटेलले ३९, डेभिड मिलरले २८, सहिल पटेलले २४ र अभिषेक पोरेलले २२ रन बनाएका थिए ।

यो जितपछि दिल्लीले १४ खेलमा १४ अंकसहित छैटौं स्थानमा रहेर यो सिजनको आइपीएल समाप्त गरेको छ । त्यस्तै कोलकोता १४ खेलमा १३ अंक सहित सातौं स्थानमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

योसँगै यस सिजनको आइपिएलका लिग चरणका खेल सकिएका छन् र अब पहिलो क्वालिफायर्स रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच मंगलबार हुदैछ भने इलिमिनेटर खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच बुधबार हुने तालिका रहेको छ ।