७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसारण लाइन निर्माणका लागि चितवनमा रुख छपान सकियो



अ+ अ-

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवनतर्फको वनमा पर्ने रुखहरूको छपान सकिएको छ ।

आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपानकार्य सकिएको हो ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारमा पर्ने चितवन जिल्लास्थित राष्ट्रिय वनमा रहेका रुखको छपान कार्य सकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटविरुवा हटाउन वन तथा भूसंरक्षण विभागसँग सम्झौता भएको थियो ।

डिभिजन वन कार्यालयबाट रुख छपानको प्रतिवेदन तयार गरी बागमती प्रदेश वन निर्देशनालयमा बुझाइएको भण्डारीले बताउनुभयो । तनहुँ जिल्लास्थित रुखहरूको छपान कार्य भने जारी रहेको उहाँले बताउनुभयो ।

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौ हजार १२७ रुखपोल हटाउन अनुमति प्राप्ति भएसँगै काम अगाडि बढेको छ ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम आयोजनाको दमौली भरतपुर–२२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँमा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटविरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भूसंरक्षण विभागबीच हालै सम्झौता भएको थियो ।

यस प्याकेजको निर्माण व्यवसायी केइसी इन्टरनेसनल लिमिटेड भारतले दमौली–भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरको जग हाल्ने र ६९ वटा टावर जडानकार्य सम्पन्न गरिसकेको छ ।

यस प्याकेजको समग्र प्रगति ७८ प्रतिशत रहेको भण्डारीले बताउनुभयो। तनहुँ जलविद्युत् आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ ।

यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको भण्डारीले बताउनुभयो। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माणकार्य सकिएको छ । मुख्य बाँध निर्माणका लागि सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो ।

विसं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सकिएको जनाइएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ ।

यस अवधिसम्म भूमिगत संरचना निर्माणका लागि खन्ने काम सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माण सम्पन्न भएको भण्डारीले बताउनुभयो ।

विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ सम्पन्न भएको यस प्याकेजको प्रगति ७७ प्रतिशत रहेको छ ।

भण्डारीका अनुसार विद्युतगृहको सिभिल कार्य करिब सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकल कार्य जारी छ । विद्युतगृहमा छाना लगाउने, पानी फाल्ने लगायतका काम भइरहेका छन् । रासस