५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लागुऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागुपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभएको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित लागुऔषध दुर्व्यसनविरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागुऔषध दुर्व्यसन व्यक्तिको मात्र नभएर परिवारको विघटन, समाजको विकृति र सिँगो राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक रहेकाले यसलाई नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले लागुऔषधविरुद्ध प्रहरीले मात्र नभएर प्रत्येक घर, विद्यालय र समुदायको साझा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले लागुऔषधमा परेका युवाको पुनःस्थापनाका लागि कोभिड–१९ को समयमा निर्माण गरिएका मोरङको रानी विराटनगर र झापाको काँकरभिट्टामा रहेको होल्डिङ सेन्टरलाई सुधार गृहको रुपमा विकास गरी जिल्ला प्रशासन कार्यालय मातहत सञ्चालन गर्र्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले युवा मुलुकको सम्पत्ति भएका उल्लेख गर्दै प्रदेश सरकारले दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम आगाडि बढाएको बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद सन्तोष राजवंशीले लागुपदार्थ दुव्र्यसनी समाज र राष्ट्रको साझा समस्या भएकाले यसको नियन्त्रणमा सबै जिम्मेवारीका साथ गर्नुपर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमा क्षेत्रमा हुने लागुऔषधको ओसारपसार नियन्त्रण एवं दुव्र्यसन मुक्त समाज निर्माण गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र गृह मन्त्रालय सहसचिव सुमन घिमिरेले भौतिक पूर्वाधारको विकाससँगै दुव्यसनी मुक्त समाज निर्माण गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले युवा जागेमा समाज र राष्ट्र बन्ने हुनाले लागुऔषध नियन्त्रणमा सक्रिय रुपमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले लागुऔषधको अवैध कारोबार र सीमापार तस्करीमा संलग्न अपराधीविरुद्ध शून्य सहनशीलता अपनाउनुका साथ कानुनको कडा दायरामा बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कट्वाल, कोशी अस्पतालकी डा प्रजिता पौडेल, गैरसरकारी संस्थाकी अध्यक्ष विष्णु शर्मा पन्तलगायतले दुव्र्यसनीलाई परिवारको माया र समाजको सहयोग आवश्यक भएको बताउनुभयो ।

कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लागुऔषधका एक हजार ४३७ मुद्दा दर्ता भएका थिए भने सोही अवधिमा दुई हजार २०३ जना पक्राउ परेका सो अवसरमा जानकारी दिइएको थियो । रासस