८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिले यसकारण डाक्यो प्रधानमन्त्रीलाई



अ+ अ-

काठमाडौं । कालपानी, लिपुलेक र लिम्पियाधुराजस्ता भू-भाग भारतले आफ्नो नक्सामा समेटेको विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ। समितिले सोमबार बिहान प्रधानमन्त्री ओलीलाई छलफलका लागि डाकेको हो।

प्रधानमन्त्री निर्वाचित भएयता प्रधानमन्त्री ओलीलाई कुनै पनि संसदीय समितिले डाकेका थिएनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बन्धी विषय राज्य व्यवस्था समितिको क्षेत्राधिकार भित्र पर्छ। अन्य समितिले पनि प्रधानमन्त्रीलाई छलफलका लागि बोलाउन सक्छन्। यद्यपी समितिले अहिलेसम्म प्रधानमन्त्रीलाई डाकेका थिएनन्।

सत्तारूढ नेकपाले अधिकांश संसदीय समितिको नेतृत्व आफैं राखेका कारण प्रधानमन्त्रीलाई डाक्ने हिम्मत जुटाएका थिएनन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा समेत नियमावली अनुरूप हुनु पर्ने प्रश्नोत्तर छल्दै आएका छन्।