४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै

जातीय छुवाछूत र विभेद अन्त्यका लागि राज्य, राजनीतिक दल तथा सम्पूर्ण नागरिकको साझा प्रयास आवश्यक छः सभापति थापा

जातीय छुवाछूत र विभेद अन्त्यका लागि राज्य, राजनीतिक दल तथा सम्पूर्ण नागरिकको साझा प्रयास आवश्यक छः सभापति थापा
फाइल फोटो
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले जातीय छुवाछूत र विभेद अन्त्यका लागि राज्य, राजनीतिक दल तथा सम्पूर्ण नागरिकको साझा प्रयास आवश्यक रहेको बताएका छन्।

आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनले ७४ वर्षअघि वि.सं. २००९ साल जेठ १०–१२ गते जनकपुरमा सम्पन्न नेपाली कांग्रेसको पाँचौँ महाधिवेशनमा दलित समुदायमाथि हुने जातीय छुवाछूत र विभेदलाई दण्डनीय तथा सामाजिक अपराधका रूपमा घोषणा गरिएको ऐतिहासिक निर्णयलाई स्मरण गरेका छन्। सो महाधिवेशनले विभेद गर्नेहरूलाई पार्टी सदस्यता नदिने निर्णयसमेत गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा जातीय छुवाछूत उन्मूलन सम्बन्धी प्रस्ताव भक्तबहादुर अमात्य र रामकुमार जीवन मित्रले पेश गरेको तथा बासुदेव कहार, ईश्वरमान थोकर र गणेशमान सिंहले समर्थन गरेको ऐतिहासिक प्रसङ्गसमेत स्मरण गरिएको छ।

नेता थापाले नेपाली कांग्रेसको २०६७ सालमा सम्पन्न १२औँ महाधिवेशनले प्रत्येक वर्ष जेठ १० गतेलाई “राष्ट्रिय समता दिवस” का रूपमा मनाउने निर्णय गरेको पनि उल्लेख गरेका छन्।

त्यसैगरी, २०६३ जेठ २१ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पुनर्स्थापित प्रतिनिधि सभाबाट नेपाललाई जातीय भेदभाव र छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको, साथै अन्तरिम संविधान तथा पछिल्ला कानुनी व्यवस्थाहरूमा दलित समुदायका अधिकारलाई सुनिश्चित गरिएको उनले स्मरण गरेका छन्।

उनले जातीय विभेद र छुवाछूतलाई मानवताविरोधी तथा कानुनी रूपमा दण्डनीय अपराध भन्दै यसको अन्त्य कुनै एक समुदायको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको स्पष्ट पारेका छन्।

नेता थापाले दलित समुदायमाथि हुने सबै प्रकारका विभेद, अपमान र असमान व्यवहारको अन्त्यका लागि संविधान प्रदत्त अधिकारको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउँदै सरकारलाई थप अग्रसरता लिन आग्रह गरेका छन्।

त्यस्तै, जातीय छुवाछूत मुक्त स्थानीय तह निर्माण अभियानलाई अघि बढाउन स्थानीय सरकारहरूलाई समेत उनले अपील गरेका छन्।