२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प



अ+ अ-

डडेल्धुरा । चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ थियो ।

यस्तै उक्त सङ्घको नेतृत्वमा आज दिउसोदेखि अपरान्हसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ । डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहनुभएका डा केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुदै आएका छन् ।