८ असार २०८३, सोमबार
,
Latest
चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालुवाटारमा ओली-प्रचण्ड वार्ता : मन्त्रिमण्डल बुधबार हेरफेर हुने !



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबिच मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा छलफल भएको छ ।

बालुवाटार स्रोतका अनुसार आइतबार अपराह्न १ बजेतिर प्रचण्ड बालुवाटार पुगेका थिए । ‘समसामयिक विषयमा पछिल्लो विकसित घटनाक्रम, मन्त्रिपरिषद् हेरफेर लगायतका कुरा भएको,’ स्रोतले भन्यो, ‘मन्त्रिमण्डल हेरफेर गर्न दुवै अध्यक्ष सहमत भएका छन् । उवनिर्वाचन अघि गर्ने कि पछि भन्नेमा लामो छलफलपछि आगामी बुधबार मन्त्रीमण्डल हेरफेर हुनसक्ने’ स्रोतले बतायो ।

प्राप्त अर्को समाचार अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाकारमा नियुक्त गरिने भएको छ । तर परराष्ट्रमन्त्रीमा भने कसलाई ल्याउने भन्नेवारे सहमति भएको छैन ।