७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालुवाटारमा ओली-प्रचण्ड वार्ता : मन्त्रिमण्डल बुधबार हेरफेर हुने !



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबिच मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा छलफल भएको छ ।

बालुवाटार स्रोतका अनुसार आइतबार अपराह्न १ बजेतिर प्रचण्ड बालुवाटार पुगेका थिए । ‘समसामयिक विषयमा पछिल्लो विकसित घटनाक्रम, मन्त्रिपरिषद् हेरफेर लगायतका कुरा भएको,’ स्रोतले भन्यो, ‘मन्त्रिमण्डल हेरफेर गर्न दुवै अध्यक्ष सहमत भएका छन् । उवनिर्वाचन अघि गर्ने कि पछि भन्नेमा लामो छलफलपछि आगामी बुधबार मन्त्रीमण्डल हेरफेर हुनसक्ने’ स्रोतले बतायो ।

प्राप्त अर्को समाचार अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाकारमा नियुक्त गरिने भएको छ । तर परराष्ट्रमन्त्रीमा भने कसलाई ल्याउने भन्नेवारे सहमति भएको छैन ।