२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा बंगलादेशसामु १७५ रनको लक्ष्य



अ+ अ-

काठमाडौंः भारतको नागपुरमा जारी तेस्रो तथा अन्तिम टी२० क्रिकेट प्रतियोगितामा भारतले बंगलादेशसामु जितका लागि १७५ रनको चुनौती प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिडको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको छ। भारतका लागि प्रारम्भिक ब्याट्सम्यान एवं टिमका कप्तान रोहित शर्मा २ रनमात्र बनाएर शफिउल इस्लामको बलमा आउट भएका थिए ।

भारतका लागि शिखर धवनले १९, केएल राहुलले ५२, एसएस ऐयरले ६२, रिसभ पन्त ६, मनिष पाण्डेले २२ तथा शिभम दुबेले ९ रन बनाएका थिए । बंगलादेशका लागि शफिउल इस्लामले २ तथा सौम्य सर्कारले २ विकेट लिएका थिए ।

भारत र बंगलादेशबीच शृंखला हाल १- १ को बराबरीमा रहेको छ ।