७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा बंगलादेशसामु १७५ रनको लक्ष्य



अ+ अ-

काठमाडौंः भारतको नागपुरमा जारी तेस्रो तथा अन्तिम टी२० क्रिकेट प्रतियोगितामा भारतले बंगलादेशसामु जितका लागि १७५ रनको चुनौती प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिडको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको छ। भारतका लागि प्रारम्भिक ब्याट्सम्यान एवं टिमका कप्तान रोहित शर्मा २ रनमात्र बनाएर शफिउल इस्लामको बलमा आउट भएका थिए ।

भारतका लागि शिखर धवनले १९, केएल राहुलले ५२, एसएस ऐयरले ६२, रिसभ पन्त ६, मनिष पाण्डेले २२ तथा शिभम दुबेले ९ रन बनाएका थिए । बंगलादेशका लागि शफिउल इस्लामले २ तथा सौम्य सर्कारले २ विकेट लिएका थिए ।

भारत र बंगलादेशबीच शृंखला हाल १- १ को बराबरीमा रहेको छ ।