६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा सुरक्षा दिन दार्चुलामा सुरक्षाकर्मी थप्दैछौं : गृहमन्त्री



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालले पर्याप्त सीमा सुरक्षा गर्न नसकेको स्वीकार गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिकोृ बैठकमा सो कुरा उल्लेख गरेका हुन् ।

समिति बैठकमा भाग लिँदै गृहमन्त्री थापाले सीमा सुरक्षाको विषय गृह मन्त्रालय मातहत रहेको भन्दै सुरक्षाकर्मीको अभावले सीमा सुरक्षा दिन नसकिएको र सीमा सुरक्षा विस्तार गर्ने योजनामा रहेको बताए।

सीमा विवादको समस्या अहिलेको नभइ ६ दशकदेखिको समस्या भएकाले ‘दार्चुलामा हामी सुरक्षाकर्मी थप्दैछौं’, उनले भने।

यसअघि बैठकमा भाग लिँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका थिए। सोमबार बैठकमा भाग लिँदै प्रचण्डले सीमा समस्या आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताए।

सो विषयबारे समितिले छलफल गर्नको लागि प्रधानमन्त्रीलाई डाके पनि उनी भने उपस्थित भएनन्।

प्रधानमन्त्री सहभागी नभएपछि सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धारणा राखेकी छन्।