५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सीमा सुरक्षा दिन दार्चुलामा सुरक्षाकर्मी थप्दैछौं : गृहमन्त्री

सीमा सुरक्षा दिन दार्चुलामा सुरक्षाकर्मी थप्दैछौं : गृहमन्त्री
अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालले पर्याप्त सीमा सुरक्षा गर्न नसकेको स्वीकार गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिकोृ बैठकमा सो कुरा उल्लेख गरेका हुन् ।

समिति बैठकमा भाग लिँदै गृहमन्त्री थापाले सीमा सुरक्षाको विषय गृह मन्त्रालय मातहत रहेको भन्दै सुरक्षाकर्मीको अभावले सीमा सुरक्षा दिन नसकिएको र सीमा सुरक्षा विस्तार गर्ने योजनामा रहेको बताए।

सीमा विवादको समस्या अहिलेको नभइ ६ दशकदेखिको समस्या भएकाले ‘दार्चुलामा हामी सुरक्षाकर्मी थप्दैछौं’, उनले भने।

यसअघि बैठकमा भाग लिँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका थिए। सोमबार बैठकमा भाग लिँदै प्रचण्डले सीमा समस्या आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताए।

सो विषयबारे समितिले छलफल गर्नको लागि प्रधानमन्त्रीलाई डाके पनि उनी भने उपस्थित भएनन्।

प्रधानमन्त्री सहभागी नभएपछि सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धारणा राखेकी छन्।