५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन



अ+ अ-

जनकपुर। मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको नेतामा सरोजकुमार यादव चयन हुनुभएको छ ।

आज बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले दलको नेता चयन गरेको हो ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा एकता भए पनि मधेस प्रदेशमा एकता नभएका कारण दुवै दलको छुट्टाछुट्टै संसदीय दलका नेता तथा कार्यालय रहेका थिए ।

सङ्घमा एक भएजस्तै प्रदेशस्तरमा दुवै दलबीच एकताको टुङ्गो लागिसकेपछि मधेस प्रदेशको दलको नेतामा पूर्वमुख्यमन्त्री यादव सर्वसम्मतले चयन हुनुभएको हो ।

मधेस प्रदेशसभामा जसपा तथा लोसपा एक भएर जसपा नेपाल भएपछि मधेस प्रदेशमा २६ प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । जसपा नेपालका दुई जना प्रदेशसभा सदस्य हाल निलम्वनमा छन् ।