७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा आउनुहुन्छः रवि लामिछाने



अ+ अ-

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित हुने बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। सभापति लामिछानेलाई सञ्चारकर्मीले प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउन सक्नुभएन ? भनेर प्रश्न गरेका थिए। जवाफ सभापति लामिछानेले प्रधानमन्त्री बैठकमा सहभागि हुने बताएपनि कहिले सहभागि हुनेबारे खुलाउनुभएन ।

उहाँले भन्नुभयो, ‘उहाँ संसदमा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ । आएपछि तपाईंहरुले सबै कुरा थाहा पाइहाल्नुहुन्छ । पार्टीको महाधिवेशन गर्न ढिला भइसकेको हो नि । हामीले पहिले नै मिति तोकेर सारेका हौँ नि ।’

फरक प्रसंगमा बोल्दै सभापति लामिछानेले पार्टीको महाधिवेशन गर्न ढिला भएको स्वीकार गर्नुभयो । सञ्चारकर्मीले महाधिवेशन गर्न किन हतार गरेको ? भन्ने जिज्ञासाको जवाफ दिँदै उहाँले पहिल्यै कार्यतालिका तय गरेको भएपनि विशेष कारणले सार्नुपरेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल