१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री वालेन्द्र शाहकाे अनुपस्थित, सभामुखले ‘पेलेर’ सञ्चालन गरे संसद् बैठक



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले तीव्र विरोध जनाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनलाई रोकेनन् । पहिलो बैठक स्थगित गरे पनि दोस्रो बैठकमा भने विपक्षीको अवरोधकै बीच संसद्को कार्यसूची अगाडि बढाइएको हो ।

बिहीबारको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक–२०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो । तर, प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

यस निर्णयसँगै विपक्षी दलहरूले कडा आपत्ति जनाए । उनीहरूले नीति तथा कार्यक्रममाथिको छलफलदेखि नै प्रधानमन्त्रीको उपस्थितिको माग भइरहेको स्मरण गराउँदै संसद् निरन्तर प्रधानमन्त्रीविहीन बनाइएको आरोप लगाए ।

तर, सभामुखले विपक्षीको आपत्तिपछि पनि कार्यसूची रोकेनन् । बरु सत्तापक्षलाई प्रतिवाद गर्ने समय उपलब्ध गराइयो । रास्वपाका सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीलाई आफ्नो तर्फबाट अर्को मन्त्रीलाई जिम्मेवारी दिने अधिकार रहेको दाबी गरेपछि संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की भएको थियो ।

विवाद बढेपछि सभामुखले केही समयका लागि बैठक स्थगित गरेका थिए । तर, दोस्रो बैठक सुरु भएपछि पनि विपक्षीको नाराबाजी कायम रहँदा सभामुख अर्यालले संसद् सञ्चालनलाई निरन्तरता दिएका हुन् ।