७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर व्यवस्थापन नहुँदा समस्या, दशैँदेखि फोहर उठाईएन



अ+ अ-

खलङगा । जुम्ला सदरमुकाममा फोहर व्यवस्थापन नहुँदा समस्या भएको छ । फोहर व्यवस्थापन गर्ने स्थानको तय नहुँदा बजार क्षेत्रका विभिन्न भाग फोहरको थुप्रोले भरिएका छन् । फोहर व्यवस्थापन गर्ने स्थान नहुँदा दशैँदेखि बजारको फोहर उठाइएको छैन । चन्दननाथ नगरपालिका–५ तल्लो जुगाडखोला नजिकै रहेको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहरले दुर्घन्धित तथा बाली बिग्रन थालेको र नगरपालिकाले अर्को विकल्प नगरेको भन्दै स्थानीयवासीले फोहर फाल्न नदिएका कारण ठूलो समस्या भएको हो ।

झण्डै एक महिनादेखि फोहर नउठेका कारण बजार दिनप्रतिदिन फोहर हुँदै गएको छ । बजारका चोकचोकमा फोहरको थुप्रो लागेको छ । बजारमा हिँडडुल गर्ने मान्छेलाई मुख छोप्नुपर्ने अवस्था सिर्जना भएकाले स्थानीयवासीले आक्रोश व्यक्त गर्दै आएका छन् । नगरपालिकाले फोहर व्यवस्थापनका लागि पहल गरे पनि स्थायीरूपमा संरचना तयार गर्न सकेको छैन ।

सुन्दर बजारमा फोहरको थुप्रोले पर्यटकलाई पनि समस्या बनाएको हो । यसैगरी फोहरले विभिन्न प्रकारका रोगलेसमेत समस्या निकाल्दै आएको छ । नगरपालिकाले भने स्थापनाकालदेखि दीर्घकालीन डम्पिङ साइडको व्यवस्था गर्ने भने पनि अहिलेसम्म टुङ्गो लागेको छैन ।

नगर प्रमुख कान्तिका सेजुवालले बजारमा थन्किएको फोहर एक हप्ताभित्र व्यवस्थापन गरिसक्ने बताउनुभयो । प्रमुख सेजुवालका अनुसार दीर्घकालीनरूपमा फोहर व्यवस्थापनका लागि भदाली र वडा नं २ को दुनादुनैमा जग्गा हेर्ने काम भएकाले एक हप्ताभित्र फोहर व्यवस्थापन हुने उनको भनाइ छ ।