२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरघरमा नागरिक बडापत्र



अ+ अ-

पाल्पा । रिब्दीकोट गाउँपालिकाले वडा नं ५, कुसुमखोलाको नागरिकका घरघरै नागरिक बडापत्र राखेको छ । सरकारी कार्यालय प्रवेशद्वार अघि नागरिक बडापत्र रहेको देखिएको भएपनि आफ्नो घरमा नै स्थानीय सरकारका सेवासम्बन्धी नागरिक बडापत्र राख्न आएपछि नागरिकले अनौठो मानेका छन् ।

गाउँपालिका, वडा र अन्य सरकारी सेवा प्रदायक निकायका सेवासम्बन्धी विषय नागरिक बडापत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाभित्रका सरकारी कार्यालयका सेवा तथा सुविधा कसरी प्राप्त गर्ने भन्नेबारे बडापत्रले जानकारी दिनेछ । बडापत्र नागरिकका घरघरमा पुग्न थालेपछि घरमा बसीबसी सेवा तथा सुविधा कसरी उपयोग गर्ने विषयमा नागरिकबीच पनि छलफल हुन थालेको पाइन्छ ।

जिल्लामै पहिलो चरणमा रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका नागरिकका घरमा नागरिक बडापत्र राखी कार्यान्वयनमा ल्याइएको हो । नौलो र पहिलो कार्यक्रमले वडामा मात्र होइन, जिल्लामा पनि चर्चा पाएको छ । “घरघरमा बडापत्र पु¥याउँदा नागरिकमा उत्साह थपिएको छ , त्यसमा पनि स्कूले बालबालिका झनै खुशी भएको प्रतिक्रिया आएको छ । नागरिक बडापत्रसम्बन्धी विद्यालयस्तरमा पठनपाठन हुँदो रहेछ”, वडाध्यक्ष कृष्ण थापाले भन्नुभयो, “वडाभित्रका ४२२ घरधुरीमा नागरिक बडापत्र राखिएको छ ।”

गाउँपालिकाभित्रका सरकारी कार्यालयका सेवासुविधाका प्रकार, सेवा लिन लाग्ने समय, जिम्मेवार पदाधिकारी र आवश्यक कागजपत्र नागरिक बडापत्रमा उल्लेख गरिएकोे वडाध्यक्ष थापाले जानकारी दिनुभयो । नागरिक बडापत्र नागरिकका घरमा राख्ने चलन भने जिल्लामा पहिलो हो । स्थानीय सरकारबाट सम्पादन हुने सेवा छिटोछरितो रुपमा लिन सहयोगी बनेको स्थानीय समर गहतराजले बताउनुभयो ।

स्थानीय सरकारका सेवा लिन जाँदा के के कागजपत्र आवश्यक रहेको छ, कति समय खर्चिनुपर्ने र त्यसका लागि कुन पदाधिकारी भेट्दा काम हुन्छ भन्ने जानकारी बडापत्रमा रहेको गहतराजको भनाइ थियो । स्थानीय सरकारले नागरिकका घरमा बडापत्र राख्न थालेसँगै थप जवाफदेही बनाउन सहयोगी हुने र नागरिकमा सेवा प्रदायक निकायले कसरी सेवासुविधा दिइरहेका छन् जानकारी लिई काम छिटोछरितो गर्न सहज हुने स्थानीय बासिन्दाको दाबी छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषि अर्यालले गाउँपालिकाका प्रत्येक वडामा नागरिक बडापत्र पु¥याउने लक्ष्य रहेको बताउनुभयो । सोही अनुसार गाउँपालिकाले कुसुमखोलाबाट पहिलो चरणको कार्यक्रम थालनी गरेको अर्यालको भनाइ छ । झण्डै ७१ हजारको बजेटमा वडाले नागरिक बडापत्र प्रकाशन गरी नागरिकका घरमा पु¥याउन थालेको हो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले यस कामले नागरिकलाई सेवासुविधा प्रयोग गर्न सहज हुने बताउनुभयो । कतिपय मानिस आवश्यक कागजपत्र बिना गाउँपालिका, वडामा उपस्थित भई सेवा लिन खोज्दा समय बढी खर्च गर्नुपर्ने बाध्यता थियो ।

अब कागजपत्रसहित जिम्मेवार पदाधिकारीलाई सम्र्पक गरी सेवा लिँदा सहज र छिटो काम हुने आशा नागरिकमा पलाउन थालेको छ । कुखुमखोलामा ७०४ पुरुष र ९२० महिला रहेका छन् ।