७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्यासिनो किङ ‘बले’सहित २५ जुवाडे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा



अ+ अ-

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ‘क्यासिनो किङ’ भनेर चिनिने गुन्डा नाइके बलराम सापकोटा ‘बले’सहित २५ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जुवा ऐनमा मुद्दा चलाइएका बलेसहित २५ जना ‘हाइप्रोफाइल’ जुवाडे धरौटीमा छुटेका थिए।

सोमबार प्रहरीकै हिरासतमै राख्न लगाएर विभागले मंगलबार बलेसहित २५ जनालाई नै महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट विभागले आफ्नो कार्यालयमा लगेको छ।

विभाग स्रोतका अनुसार उनीहरूले जुवा खेल्दा अस्वाभाविक सम्पत्ति देखिएकोले त्यसको स्रोतको अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो।

विभाग स्रोतका अनुसार अब उनीहरूलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिन्छ।

यसरी बुझाइएकामा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा, नवाङ लामालगायत छन्।