५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

क्यान्सर अस्पताल र भरतपुर अस्पतालको ल्याबमा भएको बदमासी: नमुना संकलन निजीमा, परीक्षण सरकारी अस्पतालको ल्याबमा

क्यान्सर अस्पताल र भरतपुर अस्पतालको ल्याबमा भएको बदमासी: नमुना संकलन निजीमा, परीक्षण सरकारी अस्पतालको ल्याबमा
अ+ अ-

चितवन । भरतपुर अस्पताल र क्यान्सर अस्पतालको ल्याबमा कार्यरत प्राविधिक कर्मचारीले रगत परीक्षणमा बदमासी गर्ने गरेको भेटिएको छ । दुवै अस्पतालमा कार्यरत कर्मचारीले भरतपुरमा रहेका केही निजी रगत प्रयोगशाला परीक्षण (ल्याब) मा नमुना संकलन गरी सरकारी अस्पतालमा रहेको ल्याबमा जाँच गर्ने गरेको पाइएको छ । आफू कार्यरत निजी ल्याबमा नमुना संकलन गरेर सरकारी अस्पतालको ल्याबमा परीक्षण हुने गरेको स्वयं कर्मचारी बताउँछन् ।

कहिले सरकारी अस्पतालमा हुने जाँचलाई निजी ल्याबमा पठाउने र निजी ल्याबका नमुना सरकारीमा ल्याई परीक्षण गर्ने दोहोरो बदमासी सरकारी अस्पतालको कर्मचारीमा भेटिएको छ । कर्मचारीहरूले ड्युटीमा आउँदा नमुना फाइलहरू खल्तीमा हालेर ल्याउने, तर सरकारी अस्पतालको ल्याब प्रयोग गरेर रिपोेर्ट दिने गरेका छन् । ल्याबमा भएको बदमासीबारे मंगलबार दिउँसो बुझ्न जाँदा ल्याब इन्चार्ज हरिबहादुर थापा भेटिएनन् ।

पछि फोन सम्पर्कमा उनले ल्याबमा भएको बदमासीबारे गलत सूचना आएको दाबी गरे । एउटा मेसिनले काम गर्नुपरेको भन्दै उनले उल्टै प्रशासनको दोष देखाए । भरतपुर सरकारी अस्पतालको ल्याबमा भएको मनपरीबारे भने अस्पताल प्रशासन मौन छ । अस्पतालमा कार्यरत कर्मचारी निजी ल्याबमा समेत काम गर्छन् । वार्डका नर्सहरूले बिरामी निजी ल्याबमा पठाउने विषयमा प्राविधिक कर्मचारीलाई दोषी देखाएका छन् भने ल्याबका कर्मचारी माथिबाटै सेटिङ हुने गरेको भन्दै पन्छिने गरेका छन् ।

आफ्नै लगानीमा ल्याब खोलेर अनुमतिविनै काम गर्छन् प्राविधिक: स्वास्थ्य ऐनमा आफू सेवारत सरकारी स्वास्थ्य संस्थाबाट अनुमति लिएर मात्र अन्य निजी संस्थामा काम गर्न सकिने उल्लेख छ । तर, भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा कार्यरत ल्याबका कर्मचारी सम्बन्धित अस्पतालको स्वीकृतिविनै निजी ल्याबमा काम गरिरहेका छन् । ‘अन्यत्र काम गर्न अस्पतालबाट अनिवार्य स्वीकृति लिनुपर्छ,’ क्यान्सर अस्पताल भरतपुरका प्रशासकीय अधिकृत गृहनारायण महतोले भने, ‘बाहिर क-कसले काम गर्छन् ? थाहा छैन । कसैले पनि स्वीकृति लिएका छैनन् ।’

भरतपुर अस्पतालको ल्याब इन्चार्ज हरिबहादुर थापाको भरतपुरकै आरडिएल ल्याबमा सेयर छ । सेयरसहित आरडिएल ल्याबमा कार्यरत कमल भट्टराई, तारापति भुर्तेल, अमृत विक, सृजेन्द्र श्रेष्ठ, विजय शाह सरकारी कर्मचारी हुन् । अस्पताल विकास समितिले करारमा नियुक्त गरेका ईश्वर महतो, अनिल न्यौपाने आरडिएलमा पनि कार्यरत छन् ।

‘उनीहरूले अस्पतालबाट स्वीकृति लिए नलिएको थाहा छैन,’ ल्याबका इन्चार्ज थापाले भने, ‘स्वीकृति लिएर काम गर्नुपर्छ भन्नेबारे मलाई नै थाहा छैन ।’ आरडिएलको काममा प्रभावित नहोस् भनी ड्युटी समय पनि सोहीअनुसार मिलाउने गरेको पाइएको छ । क्यान्सर अस्पतालका प्रदीप हमाल र गोकुल भण्डारी पनि आरडिएल ल्याबमा कार्यरत छन् । नयाँ पत्रिका दैनिकबाट