१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु



अ+ अ-

परासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो ।

घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शङ्कर विक घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।