१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोकतन्त्र निरन्तर सुदृढ हुने व्यवस्था हो’



अ+ अ-

विराटनगर । प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले लोकतन्त्र निरन्तर प्रक्रिया भएकाले यो सुधार र सुदृढ हुँदै जाने बताउनुभएको छ । फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘खुला संसद् : अवधारणा र अभ्यास’ छलफल कार्यक्रमलाई उहाँले सम्बोधन गर्दै संसद्लाई निष्क्रिय हुन नदिन सबैको सक्रिता आवश्यक रहेको बताउनुभयो ।

उहाँले संसद्मा निर्माण हुने कानूनको विषयगत समितिमा लगेर दफावार छलफलमा विशेषज्ञसमेतको राय र सुझावबाट पारित भइरहेका कानूनले प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सभा जनताका प्रतिनिधि भेला हुने थलो भएकाले यसको प्रभावकारिता बढाउन नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरलले हरेक सरकार खुला, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । फोरमका संस्थापक एवं कार्यकारी प्रमुख तारानाथ दाहालले प्रदेश सभाका हरेक गतिविधिको अभिलेख राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । फोरमकै कृष्ण सापकोटाले खुला सरकारका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार गणेश लम्साल, मोहम्मद सदरुल, विवेक गौतम, लीला वल्भव घिमिरे, कानून व्यवसायी विकास थापाले पनि प्रदेश सभाका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।