१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनभरी कक्षामा बस्नुपर्ने विद्यार्थी सडकमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा दिनभरी कक्षामा बस्नुपर्ने विद्यालयका विद्यार्थी प्ले कार्ड बोकेर सडकमा ओर्लिएका छन् ।

विद्यालयकै पोशाकमा आएका विद्यार्थीले एक हातमा चन्द्रसूर्य अङ्कित नेपालको झण्डा र अर्को हातमा प्लेकार्ड बोकेर आज भक्तपुर परिक्रमा गर्दै ‘गो ब्याक इण्डिया’, ब्याक अफ इण्डिया’ भारतले गरेको नेपालको सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

भक्तपुरको ब्यासीस्थित प्रभात सेकेण्डरी स्कुलका विद्यार्थीले प्लेकार्ड, झण्डा र नेपालको नक्सामात्र नभएर भारतले एकतर्फी रूपमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी तथा लिपुलेक आफ्नो नक्साभित्र राखेको विरोधमा उनीहरुले चर्को नारा लगाएका थिए । भक्तपुरको ब्यासीबाट निस्किएको ¥यालीले भक्तपुर नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।

त्यसैगरी ‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर भक्तपुरको सूर्यमढीदेखि दूधपाटीसम्म सीमा अतिक्रमणविरुद्धको ¥याली प्रदर्शन गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भन्नुभयो, “विद्यार्थीलाई देशको सिमानाबारेमा जानकारी दिनु आवश्यक छ, हामीले कक्षा ८ देखिकै पाठ्यपुस्तकमा सिमानाबारेमा अध्यापन गराउनुपर्छ, यो विषयबारे जानकारी दिन यो र्याली आयोजना गरेका हौं ।” उहाँले र्यालीमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएको बताउनुभयो ।