८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या



अ+ अ-

डोटी । जिल्लाका सात स्थानीय तहमा विद्युत् र सञ्चारको वर्षौंदेखि समस्या हुँदै आएको छ । यहाँका जोरायल, बडीकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, आदर्श र केआइसिंह गाउँपालिकामा गतिलो विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।

स्थानीय तह गठन भएको दुई वर्ष बितिसक्दासमेत यहाँका सात स्थानीयतहमा अहिलेसम्म विद्युत् र सञ्चारको समस्या समाधान हुन नसकेको सायल गाउँपालिकाका बासिन्दा सिद्धराज जोशीले बताउनुभयो । विद्युत् र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकारनै अध्याँरोको समस्या भोग्न बाध्य भएका छन् ।

यहाँका सातवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा नहुँदासमेत त्यसको समाधानका लागि कसैले पनि पहल नचालेको स्थानीयको गुनासो छ । जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने शिखर नगरपालिकामै विद्युत् र सञ्चारको चरम समस्या देखिएको स्थानीय डिलबहादुर महराले बताउनुभयो । त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–६ मा नेपाल टेलिकमले निर्माण गरेको जिएसएम टावरले राम्रोसँग काम नगरेका कारण त्यहाँका वडा नं ५ र ६ का बासिन्दा सञ्चार सम्पर्कबाट टाढा भएका स्थानीय ललित विष्टले बताउनुभयो ।

भरपर्दो टेलिफोन सुविधा नहुँदा ती वडाका नागरिकले वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएका छन् । जिल्लाकै सायल गाउँपालिकामा बनेको सायली गाड जलविद्युत् योजना पटकपटक अवरुद्ध भइराख्ने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमै रहेका स्थानीय धु्रवबहादुर सिंहले बताउनुभयो । पटक–पटक अवरुद्ध भइराख्ने भएकाले टेलिफोन टावरको हालत पनि विद्युत्को जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उहाँले बताउनुभयो ।

त्यस्तै यहाँका स्थानीयतहमा विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयतहबाट प्रप्त हुने सेवा सुविधा लिनसमेत समस्या हुँदै आएको बडीकेदार गाउँपालिका–१ का चक्रबहादुर मेटेलीले बताउनुभयो । सञ्चार र विद्युत् नभएका कारण यहाँका अधिकांश स्थानीयतहले आफूले गरेका काम कारवाही आफ्नो वेबसाइडमा समेत राख्न सकेका छैनन् ।

गाउँपालिका महासङ्घ सुदूरपश्चिमका अध्यक्ष दुर्गादत्त ओझाले डोटीका सबै स्थानीय तहमा भरपर्दो सञ्चार सुविधा जडानका लागि आवश्यक पहल भइरहेको बताउनुभयो । यहाँका स्थानीयतहमा भरपर्दो सञ्चार सुविधा तथा विद्युत् नपुगेका कारण बैंकिङ कारोवार गर्ने वित्तीय सङ्घ संस्था अहिलेसम्म स्थानीयतहमा जान सकेका छैनन् । केही वित्तीय सङ्घ संस्था गाउँमा गए पनि विद्युत् र सञ्चार नहुँदा उनीहरुको आर्थिक कारोवार जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट नै हुने गरेको छ ।