८ असार २०८३, सोमबार
,
Latest
ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षतिग्रस्त पाटन दरबार क्षेत्रका मन्दिरको पुनर्निर्माण सम्पन्न



अ+ अ-

काठमाडौं । वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त पाटन दरबार क्षेत्रका हरिशंकर र चारनारायण मन्दिरको पुनर्निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको छ।

मंगलबार गजुर ठडिएसँगै काठमाडौंस्थित जर्मन राजदूतावासले यी दुई मन्दिरको पुनर्निर्माणको सिलसिलामा गजुर पुनर्स्थापनाका लागि आफूले आर्थिक सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै मंगलबार प्रेश विज्ञप्ति जारी गरेको छ।

साँस्कृतिक संरक्षण कार्यक्रमअन्तर्गत जर्मनीको विदेश मन्त्रालयले मन्दिरको गजुर स्थापनाका लागि काठमाडौं उपत्यका संरक्षण कोषलाई ३२ लाख ९५ हजार ७५० रूपैयाँ हस्तान्तरण गरेको थियो। मन्दिरको उद्घाटन समारोह भने संरक्षण कोषको आयोजनामा यसअघि नै गत अक्टोबर ३ तारिखमा सम्पन्न भएको थियो।

मंगलबार जर्मन दूतावासद्वारा जारी विज्ञप्तिमा साँस्कृतिक संरक्षण कार्यक्रममार्फत् जर्मन सरकारले विभिन्न समयमा काठमाडौं उपत्यकाको साँस्कृतिक सम्पदाको पुनर्निर्माणमा सहयोग पुर्यानउँदै आइरहेको उल्लेख छ। सन् २०१२ देखि २०१६ को अवधिमा जर्मन सरकारले पाटन दरबारको मूल चोक र सुन्दरी चोकका स्वर्णद्वार पुनर्निर्माणमा ३ करोड ३७ लाख ४९ हजार ३ सय ७५ रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको थियो। साँस्कृतिक सम्पदा पुनर्निर्माण र संरक्षण कार्यमा सहयोग पुर्यापउन पाएकोमा दूतावासले गौरव महसूस गरेको समेत जनाएको छ।