८ असार २०८३, सोमबार
,
Latest
उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवजात शिशु बचाउन ‘सुसार’



अ+ अ-

कैलाली । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र क्यानाडाको ‘गोल्डेन कम्युनिटी’ को सहयोगमा यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीसहित डडेल्धुरा अस्पतालमा समेत कार्यान्वयन हुन लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

देशभरिका जम्मा आठ अस्पतालमा यो सेवा शुरु हुन लागेको जनाइएको छ । कार्यक्रमअन्तर्गत मातृ तथा शिशु स्याहारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीलाई नवजात शिशुको स्याहारसम्बन्धी ज्ञान तथा सीप दिई प्रसूति सेवालाई प्रभावकारीरूपमा निगरानी गर्नेलगायतका गतिविधि गर्न लागिएको जनाइएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको सङ्ख्या पछिल्ला वर्षमा बढ्दै गए पनि मातृ तथा शिशु सेवाको गुणस्तरमा सुधार आउन नसक्दा अझै पनि शिशु मृत्युदर घट्न नसकेको बताइन्छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष जन्मिने छ लाख शिशुमध्ये छ हजार मृत शिशु जन्मिने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रति हजार जीवित जन्ममा ४१ नवजात शिशुको मृत्यु हुने गरेको तथ्याङ्मा उल्लेख छ । महिना नपुगी जन्मनु, जन्मनासाथ श्वास फेर्न नसक्नु, विभिन्न सङ्क्रमण देखिनु जस्ता कारणले मृत्युदर घट्न नसकेको हो ।

कार्यक्रममा ‘गोल्डेन कम्युनिटी‘सँंग आबद्ध ‘सुसार‘ कार्यक्रमका सञ्चार विषेशज्ञ सिर्जना शर्माले जीवनको पहिलो मिनेट, पहिलो दिन, पहिलो हप्ता र पहिलो महिना शिशुका लागि जोखिमपूर्ण रहने गरेको अवस्थामा जोखिमको अवस्था हटाई शिशु मृत्युदर घटाउन यो कार्यक्रम कार्यान्वयन गरिएको बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले कार्यक्रमलाई सफल तुल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार ल्याउन जरुरी देखिएको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले प्रादेशिक अस्पतालको सेवा गुणस्तरमा सुधार गर्नका लागि आफू प्रयासरत रहेको बताउनुभयो ।