१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवजात शिशु बचाउन ‘सुसार’



अ+ अ-

कैलाली । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र क्यानाडाको ‘गोल्डेन कम्युनिटी’ को सहयोगमा यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीसहित डडेल्धुरा अस्पतालमा समेत कार्यान्वयन हुन लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

देशभरिका जम्मा आठ अस्पतालमा यो सेवा शुरु हुन लागेको जनाइएको छ । कार्यक्रमअन्तर्गत मातृ तथा शिशु स्याहारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीलाई नवजात शिशुको स्याहारसम्बन्धी ज्ञान तथा सीप दिई प्रसूति सेवालाई प्रभावकारीरूपमा निगरानी गर्नेलगायतका गतिविधि गर्न लागिएको जनाइएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको सङ्ख्या पछिल्ला वर्षमा बढ्दै गए पनि मातृ तथा शिशु सेवाको गुणस्तरमा सुधार आउन नसक्दा अझै पनि शिशु मृत्युदर घट्न नसकेको बताइन्छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष जन्मिने छ लाख शिशुमध्ये छ हजार मृत शिशु जन्मिने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रति हजार जीवित जन्ममा ४१ नवजात शिशुको मृत्यु हुने गरेको तथ्याङ्मा उल्लेख छ । महिना नपुगी जन्मनु, जन्मनासाथ श्वास फेर्न नसक्नु, विभिन्न सङ्क्रमण देखिनु जस्ता कारणले मृत्युदर घट्न नसकेको हो ।

कार्यक्रममा ‘गोल्डेन कम्युनिटी‘सँंग आबद्ध ‘सुसार‘ कार्यक्रमका सञ्चार विषेशज्ञ सिर्जना शर्माले जीवनको पहिलो मिनेट, पहिलो दिन, पहिलो हप्ता र पहिलो महिना शिशुका लागि जोखिमपूर्ण रहने गरेको अवस्थामा जोखिमको अवस्था हटाई शिशु मृत्युदर घटाउन यो कार्यक्रम कार्यान्वयन गरिएको बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले कार्यक्रमलाई सफल तुल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार ल्याउन जरुरी देखिएको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले प्रादेशिक अस्पतालको सेवा गुणस्तरमा सुधार गर्नका लागि आफू प्रयासरत रहेको बताउनुभयो ।