५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

प्रधानमन्त्री शाहले संविधान शंसोधन बारे आज पूर्व प्रधानन्यायाधीशसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले संविधान शंसोधन बारे आज पूर्व प्रधानन्यायाधीशसँग छलफल गर्दै
प्रधानमन्त्री बालेन्द्र शाह
अ+ अ-

काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले संविधान शंसोधनका विषयमा धारणा बुझ्न पूर्व प्रधानन्यायाधीशसँग छलफल गर्न लाग्नु भएको छ ।

प्रधानमन्त्री शाहले आज अपराह्न ३ बजे पूर्व प्रधानन्यायाधीशहरुसँग परामर्श गर्न लागेको प्रधानमन्त्री कार्यालयले बताएको छ ।

संविधान शंसोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा एक कार्यदलले काम गरिरहेको छ । संसदमा सक्रिय राजनीतिक दलका प्रतिनिधि समेत सहभागी उक्त कार्यदलले विभिन्न पार्टी, बुद्धिजीवी, पत्रकार, जेन जी प्रतिनिधि लगायतसँग परामर्श गरिरहेको छ ।

यही कार्यदललाई सहयोग गर्ने गरी पूर्व प्रधानन्यायाधीशसँग प्रधानमन्त्री शाहले छलफल गर्न लागेको प्रमको सचिवालयले जनाएको छ ।

यद्यपी यस कार्यदलको गठन, काम र त्यसले निर्माण गर्ने बहस पत्रलाई लिएर आलोचना समेत भइरहेको छ । उनीहरुले वर्तमान संविधान संविधानसभाले लेखेकाले त्यसलाई कुनै एक व्यक्ति संयोजक रहेको कार्यदलले शंसोधन गर्न खोज्नु हास्यास्पद रहेको भन्दै टिप्पणी गरेका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा संविधान शंसोधनका लागि कार्य गर्ने उल्लेख छ । विगतमा रास्वपाले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, प्रदेश संरचना हटाउनु पर्ने, मन्त्रिपरिषदका सदस्यको संख्या, सांसद संख्या कटौती समेतका विविध विषयमा विषयमा शंसोधन गर्नुपर्ने धारणा अघि सार्दै आएको छ ।

तर पछिल्लो समय रास्वपाले प्रदेश संरचना यथावत राख्ने भन्दै त्यसलाई शंसोधन नगर्ने बताउन थालेको छ ।

रास्वपासँग वर्तमान प्रतिनिधिसभामा झण्डै दुई तिहाई सदस्य छन् तर राष्ट्रिय सभामा विपक्षीहरु मात्र रहेकाले संविधान शंसोधनका लागि दलहरुबीच वृहत सहमति जरुरी छ । संविधानमा, संविधानको मूल प्रावधान बाहेकका विषयमा मात्र शंसोधन हुने र त्यसलाई दुबै सदनको दुई तिहाई बहुमतबाट पारित गर्न सकिने व्यवस्था छ ।