२३ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक यातायात व्यवसायी महासंघका निर्वतमान केन्द्रीय उपाध्यक्ष जिसीको निधन,महासंघद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले महासंघका निर्वतमान केन्द्रीय उपाध्यक्ष तथा गण्डकी ट्रक यातायात व्यवसायी संघका पूर्व अध्यक्ष कृष्णहरि जिसीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पोखरा महानगरपालिका–१७ रातोपैह्रा निवासी जिसीको वैशाख ३१ गते राति अकल्पनीय असामयिक निधन भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी समवेदना सन्देशमा जिसीको निधनले सम्पूर्ण यातायात क्षेत्रमा अनुभवी, कुशल र निर्णय क्षमता भएका व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ ।

महासंघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।