६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न कृषिमन्त्री चौधरीको आग्रह



अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यवरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन सबैमा आग्रह गर्नुभएको छ ।

उहाँले आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आफूले पनि दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य उत्पादनका साथै अन्य स्वदेशी वस्तु प्रयोग गर्न थालेको भन्दै सबैले स्वदेशी उत्पादन उपयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री चौधरीले स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने र देशको अर्थतन्त्र मजबुत बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“आन्तरिक उत्पादन वृद्धि र तिनको उपभोमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ । त्यसैले आमउपभोक्तादेखि उच्च ओहदामा रहेका सबैले स्वदेशी उत्पादनलाई माया गरौँ ।”

डिडिसीले दूध, दही, घ्यू, बटर, पनिर, आइसक्रिमलगायत विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ । संस्थानले किसानबाट दूध सङ्कलन गरी प्रशोधनपछि उपभोक्तासम्म पु¥याउने व्यवस्था मिलाउँदै आएको छ, जसले हजारौँ दुग्ध उत्पादक किसानलाई प्रत्यक्ष लाभ पु¥याइरहेको छ । रासस