२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा
प्रकाश खड्का
अ अ+ अ-

काठमाडौँ, २ जेठ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा आज जारी विज्ञप्तिमा प्रकाश खड्का नाम गरेका व्यक्तिले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै अभद्र भाषा प्रयोग गरी धम्की दिएको ‘अडियो’ सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ ।

कार्यालयले कानुन तथा स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय र त्रास सिर्जना गर्ने, अमर्यादित व्यवहार गर्ने तथा दबाब दिने गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ हुनुहुन्छ । साथै, विधिको शासनलाई चुनौती दिने जो–कोहीलाई कानुन बमोजिम कडा कारबाही गर्न कार्यालय प्रतिबद्धता छ ।”

त्यसैगरी, कुनै पनि व्यक्तिले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी फोन वा भेटमार्फत धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने प्रयास गरेमा त्यस्ता भ्रममा नपर्न कार्यालयले आमनागरिक तथा सरकारी निकायलाई आग्रहसमेत गरेको छ ।

कार्यालयले यस्ता शङ्कास्पद फोन, सन्देश वा संवादहरू आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह तथा राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्दै राज्यको प्रशासनिक गरिमा र संस्थागत साख जोगाउन कार्यालय सदैव सजग र प्रतिबद्ध रहेको जनाएको छ ।रासस