११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइँदै वटसावित्री पर्व



अ+ अ-

काठमाडौँ। मिथिलाञ्चल क्षेत्रमा आज विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु र सन्तान प्राप्तिको कामना गर्दै सांस्कृतिक एवं धार्मिक पर्व ‘वटसावित्री’ (बरसाइत) मनाइरहेका छन् ।

प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिका दिन मनाइने यस पर्वका अवसरमा शनिवार बिहानैदेखि विभिन्न स्थानमा रहेका बरको रूखमुनि पूजा अर्चना गर्ने महिलाहरूको उल्लेख्य भीड लागेको छ ।

मिथिला संस्कृतिमा आदर्श नारीत्वको प्रतिक मानिने यस पर्वमा महिलाहरू नयाँ वस्त्र तथा श्रृङ्गारका सामग्रीहरूमा सजिएर पूजामा सहभागी हुने गर्दछन् ।

विशेषगरी नवविवाहित महिलाहरूका लागि यो पर्व थप विशेष रहने गर्दछ । नववधुहरूका लागि यस अवसरमा बेहुलाको घरबाट पूजा सामग्रीका साथै लुगाकपडा र अन्य उपहार (पाहुर) पठाउने परम्परा रहेको छ ।

हिन्दु धर्मावलम्बीहरूले पिपलझैँ बरको रूखलाई पनि पवित्र र पूजनीय मान्ने गर्दछन् । वटसावित्रीका दिन व्रतालु महिलाहरूले बरको रूखमा सुतीको काँचो धागो बेरेर पूजा गर्ने र यस पर्वको पौराणिक कथा श्रवण गर्ने प्रचलन छ ।

यस पर्वलाई नारीत्वको रक्षा र सन्तान प्राप्तिमा सहायक सिद्ध हुने विश्वासका साथ लिइने गरिन्छ । पौराणिक मान्यताअनुसार सावित्रीले आफ्नो सतीत्व र घोर तपस्याको बलले मृत्युका देवता यमराजबाट पति सत्यवानको प्राण फिर्ता ल्याउन सफल भएकी थिइन् ।

सोही ऐतिहासिक र आध्यात्मिक घटनाको स्मरणमा परापूर्वकालदेखि नै मिथिलाञ्चलमा यो पर्व हर्षोल्लासका साथ मनाइँदै आएको छ । –न्युज एजेन्सी नेपाल