२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सातादेखि टेलिफोन अवरुद्ध



अ+ अ-

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिदाँ टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताउनुभयो । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ ।

उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ । सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपत्विपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोस पोखेका छन् ।

यता बडिमालिका नगरपालिका– ५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मना गाड लघुजलविद्युत्बाट सिङ्गलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युत्को टर्वाइनमा केही समस्या आएका कारण हामीले हटाएको र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले तत्काल समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिनुभयो । जनताले सहजरुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ ।