११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

एसइई नतिजाः कर्णालीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसइई नतिजाः कर्णालीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण
फाइल फोटो
अ अ+ अ-

कर्णाली। माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा कर्णाली प्रदेशबाट ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नेपालभरि ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा कर्णालीबाट ५९ दशमलव पाँच प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

गतवर्ष कर्णालीमा ५६ दशमलव ७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण हुँदा यस वर्ष दुई प्रतिशतले बढेको हो । उत्तीर्ण हुनेमा सबैभन्दा बढी रुकुम पश्चिममा ७९ दशमलव ३४ प्रतिशत विद्यार्थी छन् ।

सबैभन्दा कम दैलेखमा ३१ दशमलव ८२ प्रतिशत रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत खीमप्रसाद ढकाल जानकारी दिनुभयो ।

मुगु ७५ दशमलव ९०, कालिकोट ७३ दशमलव १३, सल्यान ६८ दशमलव ५२, जुम्ला ६८ दशमलव १७, सुर्खेत ५८ दशमलव १९, हुम्ला ४९ दशमलव ३७, डोल्पा ४६ दशमलव ६९ र जाजरकोट ४५ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी सुर्खेतबाट ४७६ विद्यार्थीले चार जिपिए ल्याएर उत्तीर्ण भएका छन् ।

परीक्षामा सात हजार १८८ विद्यार्थी परीक्षामा सहभागी भएका शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी ढकालले उल्लेख गर्नुभयो । सबैभन्दा कम डोल्पाबाट तीन जना विद्यार्थीले चार जिपिए ल्याएर उत्तीर्ण भएका छन् । त्यहाँबाट ६३४ जना परीक्षामा सहभागी थिए ।

सल्यानबाट तीन हजार ९८७ मध्ये २२७, रुकुम पश्चिमबाट तीन हजार ७८० मध्ये १९०, दैलेखबाट चार हजार ३०६ मध्ये १३०, जुम्लाबाट दुई हजार १३३ मध्ये ११६, कालिकोटबाट तीन हजार १४ मध्ये ७६, मुगुबाट एक हजार ३९४ मध्ये ४३, जाजरकोटबाट चार हजार ६२२ मध्ये ३१ र हुम्लाबाट ९५० मध्ये आठ जनाले चार जिपिए ल्याएर उत्तीर्ण भएका छन् ।

कर्णाली प्रदेशबाट ३२ हजार ३३६ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १३ हजार २४१ ननग्रेडेड रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । रासस