८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहलाई नेम्वाङको आग्रह : ‘सडकबाट हुँदैन,संसद्मा आउनुहोस्’



अ+ अ-

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गर्नुभएको छ ।

झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा आज बोल्दै उहाँले हिजोका दिनमा संविधानसभामार्फत सबै विचारलाई अटाउन सकिने संविधान निर्माणमा विप्लव समूहसमेत लागेको स्मरण गराउँदै अहिले आएर आन्दोलनमा लाग्ने कार्य जायज हुन नसक्ने बताउनुभयो ।

“मैले यसअघि नाम उच्चारण नगरी भन्थे, आज नामै उच्चारण गर्दै भन्छु”, उहाँले भन्नुभयो, “आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउनुहोस्, तपाईँहरुका भावना र चाहनालाई जनताबाट अनुमोदन गराएर चाहेजस्तै परिवर्तन ल्याउनुहोस् ।” हतियार र हिं’साको राजनीति त्यागेर संसद्मा आउन र चाहेजस्तो परिवर्तन गर्न पाउने अवसरको उपयोग गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “व्यक्ति मन परेन व्यक्ति फेर्नुहोस्, अहिलेका पार्टी काम लाग्दैनन् भने नयाँ पार्टी खोल्नुहोस्, तर सडकबाट हुँदैन, संसद्मा आउनुहोस् ।”