५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली प्रहार गरेर हत्या आरोपी समातियो



अ+ अ-

काठमाडौँ। काठमाडौँको चोभारमा आज गोली प्रहार गरी व्यक्ति हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि गुुल्मीका विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी सुजन शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि उनलाई गोली हानेर समात्नु परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

यही वैशाख २३ गते कीर्तिपुर नगरपालिका–१० पोडेटोल (ढोकासी टोल) गार्डनस्थित वर्ष २२ का विपिन घिमिरेलाई धारिलो हतियार प्रहर गरी हत्या गरिएको थियो ।

उक्त घटनाका मुख्य अभियुक्त शाही घटनापश्चात् काठमाडौँका विभिन्न ठाउँमा लुकी बसेको सूचनाका आधारमा प्रहरी टोली खटाइएको थियो ।

सोही क्रममा कीर्तिपुर नगरपालिका–६ चोभारमा उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि गोली चलाएर शाहीलाई नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले बताउनुभयो । रासस