५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको कदम कुनैपनि हालतमा सफल दिँदैनौँः सिटौला



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले कर्मचारीको ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको कदम कुनैपनि हालतमा सफल हुन नदिने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सिटौलाले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न खोजेको खण्डमा त्यसविरुद्ध प्रतिपक्ष एकजुट भएर उभिने चेतावनी दिनुभयो ।

उहाँले ट्रेड युनियनको अधिकार संविधानप्रदत्त भएकाले कुनैपनि हालतमा त्यसलाई समाप्त गर्ने प्रयास स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले ट्रेड युनियन आन्दोलन र श्रमिक आन्दोलनले लोकतान्त्रिक अधिकार स्थापनामा महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै श्रमिकहरुले आफ्नो आवाज उठाउने अधिकार कसैले खोस्न नसक्ने बताउनु भयो । सिटौलाले सरकारले संविधानअनुसार काम गरोस् भन्ने प्रतिपक्षको चाहना रहेपनि गलत कदमविरुद्ध भने कडा प्रतिरोध हुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘टे«ड युनियनको अधिकार नेपालको संविधानले दिएको छ । यसलाई खरोज गर्ने कुरा कुनैपनि हालतमा स्वीकार गर्न सकिँदैन । सरकारले अध्यादेशमार्फत टे«ड युनियन खारेज गर्न ल्याएको अध्यादेशको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश समेत दिइसकेको अवस्था छ ।

नेपालको राजनीति आन्दोलन र श्रमिक आन्दोलनको अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ । उनीहरुले आफ्नो आवाज उठाउन सक्छन् । हामी ती युनियनको खारेज गर्ने सरकारको कार्यलाई कुनैपनि आधारमा सफल हुन दिँदैनौँ ।

यहाँ हामी सबै प्रतिपक्षी दलका नेताहरु मात्र छौँ । तर सरकारले संविधानबमोजिम काम गर्न सकोस् भन्ने विचार रहन्छ । तर सरकारका गलत कुराहरु रोक्न पनि चाहान्छौँ ।’

उहाँले ट्रेड युनियन खारेज गर्ने सरकारी प्रयास कुनैपनि आधारमा सफल हुन नदिने चेतावनी दिनुभयो ।–न्युज एजेन्सी नेपाल