६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा उठ्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियसभाको २१औँ अधिवेशन शुभारम्भका अवसरमा आज सभालाई सम्बोधन गर्दै उहाँले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखी छलफलमा सहभागी हुन आग्रह गर्नुभयो ।

“यो २१औँ अधिवेशन बजेट अधिवेशनको रूपमा रहेको छ । यसमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुनेछ”, अध्यक्ष दाहालले भन्नुभयो, “सङ्घीय निजामती सेवा, विद्यालय शिक्षा, नेपाल प्रहरीलगायतका विधेयकलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।”

विगतमा विधेयकको निरन्तरता कायम गर्न नसक्दा मुलुकका तत्कालीन आवश्यकता सम्बोधन गर्ने महत्त्वपूर्ण विधेयक निष्क्रिय हुन पुगेको सन्दर्भ उल्लेख गर्दै उहाँले तालिकाबद्ध बैठक सञ्चालन, समयमै विधेयक दर्ता, समितिको सक्रियता र सरकारको सहयोगले मात्र संसद्को कार्यक्षमता बढ्ने बताउनुभयो । अध्यक्ष दाहालले यसै अधिवेशनबाट संसद् बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको सुरुआत गरिएको जानकारी दिनुभयो ।