८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने



अ+ अ-

काठमाडौं । नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । होटलले चुक्ता पूँजीको कूल ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

त्यस आधारमा शेयरधनीले कूल रु आठ करोड २९ लाख आठ हजार दुई नगद लाभांश प्राप्त गर्नेछन् । यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक करोड नौ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

होटलले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल होटलको ७३ करोड २६ लाख सात हजार आठ कित्ता शेयर सूचीकृत छ । यस्तै बजार पूँजीकरणका आधारमा होटलको शेयर मूल्य रु १४ अर्ब ९४ करोड ६४ लाख ६९ हजार ६३२ बराबरको रहेको छ । स्टकमा होटल समूहका चार कम्पनी सूचीकृत छन् ।