५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

सरकार राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर छैन् : डा. महत

सरकार राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर छैन् : डा. महत
अ+ अ-

काठमाडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन् यसमा सरकारकै कमजोरी मुख्य कारण भएको आफूहरुको ठहर रहेको सुनाए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले भने,‘जहाँसम्म हाम्रा छिमेकी देशहरुसँगको सम्बन्धको विषय छ, यो अत्यन्तै संवेदनशील र महत्वपूर्ण छ । हामीले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ । तर, वर्तमान सरकारले गर्न नसकेको कुरा घामजस्तै छर्लङ छ । उहाँहरु कामभन्दा बढि कुरा गर्नुहुन्छ । काम गर्नुहुन्न । जहाँ कुरा राख्नुपर्ने हो, त्यहाँ राख्नुहुन्न । बाहिर चाहीँ त्यसबारेमा बढाईचढाँई गर्नुहुन्छ । त्यसले गर्दा यो सम्बन्धहरुमा अहिले जटिलता थपिएका छन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कालापानी, महाकालीको विषय पूरानो भएको सुनाए । उनले भने,‘नेपाली कांग्रेसको सरकार हुँदा, सुशिल कोइरालाजीले पनि र शेरबहादुर देउवाजीले पनि जहाँनिर यो विषय उठाउनुपर्ने थियो, यो उठाउनु भएकै हो । म परराष्ट्रमन्त्री हुँदा हामीले द्धिपक्षीय सीमा संयन्त्र बनायौं, यसले चाँडोभन्दा चाँडो सीमा विवादको समस्या हल गर्ने कुरा टुँगो लगाउने सहमति भएको हो । त्योअनुसार यो संयन्त्रले काम पनि अघि बढाएको हो ।’ महतले वर्तमान सरकार बहुमतको सरकार रहेको बताउँदै सत्तामा नहुँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुले राष्ट्रियता ‘हाम्रै काँधमा उभिएको छ’ झैं गरि कुरा गरेको टिप्पणी गरे । उनले भने,‘तर, सत्तामा आएपछि उहाँहरुले यी विषय उठाएको हामीले पाएका छैनौं । सत्तामा आएपछि द्धिपक्षीय पटक–पटक बैठकहरु भए, भेटवार्ता भए, कहीँकतै यी विषय उठाएको हामीले पाएनौं ।

यो सरकार हाम्रो राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर नभएको स्पष्टनै छ ।’ उनले नेपालको जमिन चीनले पनि अतिक्रमण गरेको भन्ने कुरा पत्रपत्रिकामा आएको उल्लेख गर्दै भने,‘चिनियाँ सरकारको जहाँसम्म सवाल छ, अहिले पत्रपत्रिकामा धेरै ठाउँमा अतिक्रमण भयो भन्ने छ, त्यही महाकालीको सम्बन्धमा पनि भारतसँग सम्झौता गरेको अवस्था छ, यस विषयमा पनि सरकार पटक्कै बोल्दैन् । बरु ढुङो बोल्ला तर सरकार बोल्दैन् । त्यसकारण हामी के भन्छौं भने भारतसँगपनि यो महाकाली लिपुलेकको सम्बन्धमा चाँडोभन्दा चाँडो कुटनीतिक तहमा उच्चस्तरीय वार्तामार्फत तथ्य, तथ्यांक र आधारसहित नेपाल सरकार प्रस्तुत हुनुपर्छ ।’

त्यस्तै उनले नेपाल र चीनको सीमा विवादको सवालमा पनि सरकारले सत्य, तथ्य बाहिर ल्याउनुपर्ने माग गरे । उनले भने,‘नेपाल र चीनको सीमा छ, त्यहाँपनि धेरै ठाउँमा अतिक्रमण भएको छ भन्ने कुरा पत्रपत्रिकामा आएको छ । हामीलाई थाहा छैन् । चिनियाँ सरकारले होईन भनिरहेको छ । यो विषयमा पनि छानबिन गरी सरकारले सत्थ–तथ्य बाहिर ल्याउनुपर्छ । र, अतिक्रमण भएको छ भने त्यो विषयमा चिनियाँ सरकारसँग कुरा उठाउनुपर्छ । तर, वर्तमान सरकार गम्भिर छैन् । गम्भिरताका साथ यी कुराहरु सम्बन्धित ठाउँमा नउठाउनाले यी जटिलताहरु थपिरहेको हामीले महशुस गरिराखेका छौं । यो जमिन नेपालकै रहनुपर्छ । तथ्य र प्रमाणलेपनि यही भन्छ ।’

महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताए । उनले थपे,‘यो सरकार गठन भएको झण्डै दुई वर्ष भयो, यो अवधिमा सरकारलाई जनताले हेरेका छन् । सरकारमा बस्ने पार्टीका नेताहरुले जनतालाई जुन आश्वासन दिएका थिए । जुन सपना कम्युनिष्ट पार्टीका नेताहरुले बाँडेका थिए, ती कुनैपनि पूरा भएनन् । जनता अहिले निराश छन् ।’

उनले मुलुकमा यतिवेला मुल्यवृद्धि संस्थागत भइरहेको बताए । कर बढिरहेको र आस्थाका आधारमा सेवासुविधामा भेदभाव भैरहेको पनि उनको टिप्पणी छ । उनले भने,‘जनताका पिर मार्काप्रति सरकार पुरै उदासिन छ । राज्य संयन्त्र, संवैधानिक निकायलाई र पुलिस प्रशासनलाई सरकारले आफ्नो छायाँमा राख्ने कोशिस गरिरहेको छ । त्यतिमात्रै होईन, यही उपनिर्वाचनमा पनि निर्वाचन घोषणा भएर आचारसंहिता लागु भैसकेपछि पनि आफूअनुरुप काम गराउनको लागि सुरुवा बढुवादेखि ठूलो चलखेल भैरहेको छ । जुकसुकै मूल्यमा पनि चुनाव जित्नुपर्छ सरकारले साम, दाम, दण्डभेद प्रयोग गर्ने मनशायमा छ ।’

तर, सरकार पक्षका उम्मेद्धवारलाई पराजित गर्नुपर्छ भन्ने जनभावना आफूहरुले पाएको उनको दाबी छ । उनले भने,‘यो उपनिर्वाचनको परीणाम हाम्रो पक्षमा आउँछ । वडा सदस्यदेखि केन्द्रिय निर्वाचन पोखरासम्म नेपाली कांग्रेसको पक्षमा ठूलो उत्साह छ । समर्थन छ । हामी सबै एकतावद्ध भएर लागेका छौं । तर, यो सरकार हुने हदसम्म धाँधली गरेर भएपनि आफ्नो पक्षमा परीणाम ल्याउने कोशिसमा छ । सञ्चारकर्मीहरुले खबरदारी गर्नुपर्छ । यो निर्वाचनमा परिवर्तनको पक्षमा परीणाम आउदा सरकारलाई सशक्त सन्देश जान्छ ।’

महतले वर्तमान सरकार पुरै असफल भएको दाबी गरे । ‘यो हामीले भनिरहेको होईन, आम जनता सबै निराश छन् । जनताको कुरा छोडौं, कम्युनिष्ट पार्टीकै स्थानीय तहका नेता तथा कार्यकर्ताहरुले नै असन्तुष्ट छन् । उहाँहरु यही उपनिर्वाचनको क्रममा नेपाली कांग्रेसको पक्षमा र समर्थनमा उत्रिनुभएको छ । सबै मोर्चामा यो सरकार असफल छ। भ्रष्टाचार संस्थागत भैरहेको छ । राजश्वको व्यापक दुरुपयोग भैरहेको छ । सरकारले आफैं उपभोक्ता समिति बनाउने अनि आफ्नो मान्छेमार्फत बजेट प्रवाह गर्ने काम भैरहेको छ । समग्र रुपमा सरकार ठीक बाटोमा छैन् । परराष्ट्र सम्बन्धमा पनि सरकारको विश्वसनियता एकदमै कमजोर भैरहेको छ । लगानी आउन सकेको छैन् । हाम्रा छिमेकी राष्ट्रहरुदेखि अरु राष्ट्रहरुसँग हामीले हाम्रो स्वार्थलाई केन्द्रमा राखेर सम्बन्ध विकसित गर्न सकेका छैनौं ।’ उनले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन् यसमा सरकारकै कमजोरीको कारणले भएको आफूहरुको ठहर रहेको सुनाए ।