८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार



अ+ अ-

घोराही । जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ । उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । कूल २६ मतदानस्थललाई संवेदनशील र दुई मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ ।

सोही संवेदनशीलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालनसँगै कार्यसम्पादनमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ । दुई स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३४ मतदानस्थल र त्यसभित्र ८२ मतदान केन्द्र तोकेको छ । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाइने उनले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) मा ३२ र घोराही उपमहानगरपालिका वडा नं १६ मा दुई गरी ३४ मतदानस्थल तथा प्रदेशसभामा ७७ र घोराही–१६ मा पाँच गरी ८२ केन्द्र निर्धारण गरिएका छन् । वडा नं १६ मा अध्यक्षका लागि निर्वाचन हुँदैछ । यसैबीच जिल्ला सुरक्षा समितिले निर्वाचन हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न शुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दङ्गीशरणका मतदानस्थलको अनुगमन गरिएको छ । मङ्सिर १४ नजिकिँदै गर्दा जिल्ला सुरक्षा संयन्त्रले दाङमा निर्वाचन हुने केन्द्रको स्थलगत अनुगमन तथा अवलोकनलाई तीव्र पारेको छ ।