८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन २०७६: खार्पुनाथमा मात्रै ११६ सुरक्षाकर्मी खटिए



अ+ अ-

सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुनलागेको हो ।

जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्ला बाहिरबाट ११६ सुरक्षाकर्मी हुम्ला पुगेर सो गाउँपालिकामा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा खाली कोटाका लागि माग गरिएको भए पनि ५० प्रहरी जवान पुगेका उनले बताए।

यसैगरी सशस्त्र प्रहरी बलका ६६ सुरक्षाकर्मी सिमकोट पुगेका उनले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ११६ जना जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको उनले बताए । जिल्लामा पुगेका दुई सुरक्षा निकायका सुरक्षाकर्मी गाउँपालिकाका पाँच मतदान केन्द्रमा खटाइसकेको प्रजिअ भट्टराईले जानकारी दिए ।

उक्त गाउँपालिका सधैँ चुनावका समयमा बढी धाँधली हुनेमा गनिने भएकाले बढी सुरक्षाकर्मी खटाइएको हो । उपनिर्वाचनका लागि सो गाउँपालिकाका पाँच वडामा रहेका पाँचै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।