२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले आगामी मनसुन, २०२६ को पूर्वानुमान तथा त्यसका सम्भावित प्रभावबारे गहन अध्ययन र छलफल भइरहेको बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित मनसुन फोरममा महानिर्देशक श्रेष्ठले विगतको मनसुन समीक्षा गर्दै आगामी मौसममा हुनसक्ने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्कहरूले नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार प्रदान गर्ने बताउनुभयो ।

उहाँले विभागले हाल उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन–अनुसन्धान तथा अन्तरराष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको जानकारी दिनुभयो ।

विभागले वर्षका चारै यामका लागि ‘ऋतुगत पूर्वानुमान’ गर्ने लक्ष्य लिएको उल्लेख गर्दै हाल तीनवटा यामको पूर्वानुमान सुरु भइसकेको र अब प्रि–मनसुनको पूर्वानुमान पनि सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।

महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इन्डियन ओसियन डाइपोल तथा आर्कटिक ओस्सिलेसनजस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीहरूले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको छ ।

“वैज्ञानिक अनुसन्धानलाई मजबुत बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले विभागले हाल क्षेत्रीय स्तरमा मात्र नभई ‘सब–रिजनल’ अर्थात् स्थानीय तहसम्म पुग्ने मौसमी पूर्वानुमान प्रणाली विकास गर्ने योजना अघि बढाएको जानकारी दिनुभयो । यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिइएको उहाँको भनाइ थियो ।

महानिर्देशक श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमताल विस्फोटको जोखिम बढ्ने तथा चरम मौसमीय घटनाहरू वृद्धि भइरहेकाले तथ्यमा आधारित योजना निर्माण आवश्यक भएको बताउनुभयो ।

विभागले ग्लेसियर मोनिटरिङ तथा जलवायु अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको जानकारी दिँदै यस कार्यमा मन्त्रालयको सहयोग रहेको उल्लेख गर्नुभयो ।




भर्खरै